ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
थानकोट ।
ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई खुला गरेको आईपीओमा आज (वैशाख १७ गते) सम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ हजार ६३९ कित्ता आईपीओ निष्कासन गरेको छ ।
शनिबारसम्म कम्पनीको आईपीओमा मागभन्दा ८.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ९ लाख ९४ हजार ६२४ जनाले एक करोड ९ करोड ६४ लाख ६४ हजार ७५० कित्ता आईपीओका लागि आवेदन परेको छ ।
कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।














