प्रधानमन्त्री दाहालले दिए रास्वपा सभापति रवि लामिछानेलाई बधाई

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।

हालै सम्पन्न उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेकामा प्रधानमन्त्रीले बधाई दिएका हुन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर प्रधानमन्त्रीले उनलाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा अरू विषयमा छलफल नभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

“प्रधानमन्त्रीज्यूले उहाँ (रवि लामिछाने)लाई खादा लगाइदिएर बधाई दिनुभयो,” उनले भने, “अरू कुनै विषयमा छलफल भएको छैन्, त्यति नै हो ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ