एसीसी प्रिमियर कप: नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

Thankot Times

थानकोट ।

काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा हिजाे रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज सुचारु हुँदैछ ।

सोमबार बाँकी रहेको खेल आज मंगलबार रिजर्भ डेमा हुन लागेको हाे । मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए ।

ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ४ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।

नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ । नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *