भारतबाट इन्धनको मूल्य घटेर आयो

Thankot Times

थानकोट। 

भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको विवरण पठाएको हो ।

निगमका अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा र डिजेलमा ४ रुपैयाँ ११ पैसा घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य पठाएको हो ।

निगमले स्वचालित विधिबाट मूल्य घटाउँछ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *