माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

Thankot Times

थानकोट ।

माई खोला हाइड्रोपावरको प्राथमिक शेयर (आइपिओ) आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको थियो। 

जसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्द भएको छ बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले जारी पुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता आइपिओ निष्कासनका लागि छुट्याएको थियो। 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। 

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *