काठमाडाैं क्षेत्र नंं १० प्रदेश २ का उम्मेदवार रामशरण आलेको चुनावी खर्च ४ लाख ५५ हजार

Thankot Times

थानकोट ।

गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० प्रदेश २ मा नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका रामशरण आलेले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ ।

गत मंसिर २७ गते नै निर्वाचन आयोग बुझाइसकेको खर्च विवरण उम्मेदवार आलेले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गर्नुभएको हो ।

मंगलबार दिउँसो सार्वजनिक सो चुनावी खर्च विवरण अनुसार प्रचार प्रसार शीर्षकमा सबैभन्दा धेरै १ लाख ३१ हजार रूपैयाँ खर्च भएको छ ।

यसैगरी प्रतिनिधि परिचालन शीर्षकमा १ लाख २० हजार, गोष्ठी एवं कार्यकर्ता परिचालन शीर्षकमा ६० हजार रूपैयाँ, २० दिनका लागि सवारी साधन भाडामा लिएबापत १ लाख १० हजार रूपैयाँ तथा सवारी साधनमा इन्धन खर्च २९ हजार ८ सय ९४ रूपैयाँ र मतदाता नामावली खरिदमा ४ हजार ८०० रूपैयाँ खर्च भएको उम्मेदवार आलेमगरले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेस गर्नुपर्ने प्रावधान रहेको छ । 

काठमाण्डाै क्षेत्र नंं १० प्रदेश २मा ६२६ मतान्तरसहित नेकपा समाजवादीबाट रमा आलेमगरको जित

कुल १९२०३ सदर मत खसेको यस प्रदेश सभा क्षेत्रबाट एकीकृत समाजवादीका रमा आलेमगर ६२६ मतान्तरसहित विजयी हुनुभएको थियो । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण आलेमगरले ५१८४ मत पाउँदा दोश्रो पटक प्रदेश सभामा निर्वाचित रमा आलेमगरले ५८१० मत प्राप्त गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ