सांसद लक्ष्मी महतो कोइरी निलम्बित

Thankot Times

थानकोट ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् ।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतले सूचनामार्फत जानकारी दिएका छन् । ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

हेर्नुहोस् संघीय संसदको सूचना 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ