क्लबसँग अनुमति नलिई साउदी अरब घुम्न गएपछि फुटबलर मेस्सी २ हप्ताका लागि निलम्बनमा

Thankot Times

थानकोट ।

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।

क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् ।

पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो ।

निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन् ।

साउदी अरबको भ्रमणमा जान अनुमति मागेका थिए । तर क्लबले उनलाई अनुमति दिएन ।

तर पनि पर्यटन प्रवर्द्धनको एउटा कार्यक्रममा सहभागी हुन मेस्सी साउदी अरब पुगेका थिए । उनी साउदी अरबको पर्यटन बोर्डको अफिसियल ब्राण्ड एम्बेसडर हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *