नवाैंपटक मन्त्रीपरिषद् विस्तार, २ मन्त्रालय अझै मन्त्रीविहिन

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नवाैंपटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । बुधबार नेपाली कांग्रेसका तीन जना सांसद्लाई प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले मन्त्रीमा नियुक्त गरेका हुन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

नवनियुक्त तीनै जना मन्त्रीको बिहीबार सपथ हुने बताइएको छ ।

३ जना मन्त्री नियुक्तिसँगै वर्तमान मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ ।

तर अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ