राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने, समर्थन फिर्ता लिने निर्णय
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा नजाने भएको छ ।
आज बसेको बैठकले समर्थन फिर्ता लिँदै वर्तमाना सरकारमा नजाने निर्णय गरेको हो ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आएपनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो।













