प्रदेश स्तरीय कराँते प्रतियोगिताका लागि मच्छेगाउँका ६ जना खेलाडीहरू छानिए
थानकोट ।
दोश्रो बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाबाट ६ जना खेलाडीहरू छनोट भएका छन् ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित नरहरिपुर डाेजाेका सदस्यहरू एकल कातामा सन्जु देशार पुरुष टिम कातामा राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की र महिला टिम कातामा सन्जु देशार, सिर्जना महतरा र नानू शाक्य काठमाडौँ जिल्लाबाट छनौट हुन सफल भएको
प्रशिक्षक राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।
प्रशिक्षक राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।
दोश्रो बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा उनीहरू सबैले काठमाडौं जिल्लाबाट खेल्नेछन् ।












