बागमती प्रदेश खेलकुद प्रतियोगिता छनोटः चन्द्रागिरि नगर टिम च्याम्पियन

Thankot Times

थानकोट ।

काठमाडाैंमा आइतबार सम्पन्न बागमती प्रदेश खेलकुद प्रतियोगिताको छनोमा चन्द्रागिरि नगर टिम च्याम्पियन बनेको छ ।

छनोट खेलको कराँते विधामा आइतबार सम्पन्न काठमाडाैं जिल्ला छनोटमा चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित नरहरीपुर कराँते डोजोका खेलाडीहरूले ५ स्वर्ण पदक जितेका हुन् ।

चन्द्रागिरिका सन्जु देसारले एकल कातामा स्वर्ण, सन्जु देसार, श्रृजना महतरा र नानु शाक्यले टिम कातामा स्वर्ण पदक जित्दा टिम काता पुरूषतर्फ राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्कीले पनि स्वर्णपदक जित्दै दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा छनोट हुन सफल रहे ।

यसैगरी ५० केजी ताैल समुहको कुमितेतर्फ नानु शाक्यले स्वर्ण पदक जित्दा ६१ केजी ताैल समुहमा श्रद्धा थापाले पनि स्वर्ण चुम्दै प्रदेश खेलकुद महाकुम्भमा सहभागिता पक्का गरेको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिनुभयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *