नेपाली कांग्रेसका युवा नेताहरूले सातै प्रदेशमा भेला गर्दै, तोकिए प्रदेश संयोजक

Thankot Times

थानकोट । 

नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी रूपान्तरणकका लागि प्रदेश भेला राख्ने निर्णय गरेका छन्।

भक्तपुरको कौशलटारमा आइतबार बसेको शेखर कोइराला निकट युवा नेताहरुको बैठकले सातै प्रदेशमा भेला बोलाउने निर्णय गर्दै आइतबार सकिएको छ।

आगामी जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी नेता रञ्जित कर्णले रातोपाटीलाई बताए ।

कांग्रेसमा आमुल परिवर्तन र रूपान्तरणका लागि देशव्यापी अभियान चलाउने निर्णय गरिएको उनले बताए । कर्णका अनुसार अभियानअन्तर्गत कांग्रेसका सबै प्रदेशका अगुवा कार्यकर्ताहरूसँग छलफल गरिने छ । भेलाका लागि प्रदेश संयोजकसमेत तोकिएको उनले जानकारी दिए । 

कर्णका अनुसार कोशी संयोजकमा गुरूराज घिमिरे, मधेश संयोजकमा रञ्जित कर्ण, बागमती संयोजकमा मधु आचार्य, गण्डकी संयोजकमा देवराज चालिसेलाई तोकिएको छ ।

लुम्बिनीमा गोविन्दराज पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको उनले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ