सांसद अमरेशकुमार सिंहले संसदमै खोले कपडा, कारण थाहा पाउँदा अन्य सांसद्हरू चकित

Thankot Times

थानकोट ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संघीय संसदमा कपडा खोलेर विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले बोल्न नदिएपछि सांसद् सिंहले त्यसरी विरोध जनाएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै उनले आकस्मिक समयमा बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए ।

सभामुखले संसद् नियमावलीको कारण देखाउँदै अमरेशलाई बोल्न नदिने बताए । त्यसपछि अमरेशले शुरूमा सर्ट खोलेका थिए ।

त्यसलगत्तै उनले भित्री वस्त्र समेत खोले । सभामुखको कार्यशैलीको विरोधमा सांसदले कपडा खोलेको यो पहिलो घटना हो ।

यसअघि पहिलो संविधानसभामा सांसद विश्वेन्द्र पासवानले कपडा च्यातेका थिए ।

स्वतन्त्र सांसद अमरेश सिंह र नेमकिपा सांसद प्रेम सुवालले बोल्न समय माग गरेपछि संसद् बैठक शुरूमा केहीबेर अवरुद्ध भएको थियो ।

१० मिनेटको अवरोधपछि प्रतिनिधिसभाको बैठक सुचारु भएको छ । नक्कली शरणार्थी प्रकरणबारे बोल्नका लागि उनले समय माग गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ