नेकपा एमालेको सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट । 

प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषयमाथि छलफल हुने बताइएको छ ।

एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ ।

एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ ।

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षा लगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ