सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो पनि तोलामा तीन सय रुपैयाँले नै बढेर  एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज पनि स्थिर छ ।

गएको बिहीबारदेखि चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *