पूर्व गृहमन्त्री खाँण पक्राउ परेपछि रास्वपा सभापति लामिछानेले लेखे- यो शिलशिला नरोकियोस्
थानकोट ।
बुधबार बिहान पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।
उनले प्रधानमन्त्री, गृहमन्त्री तथा नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन् ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’













