आज सुनको भाउ तोलाको १ लाख ११ हजार ६ सय रूपैयाँ

Thankot Times

थानकोट । 

कारोबार हुने साताको चाैथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । 

बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो। 

आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। 

बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ। 

चाँदीको भाउमा भने गएको बिहीबारदेखि कुनै घटबढ भएको छैन्। चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *