ईङवा हाइड्रोपावर आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस नतिजा

Thankot Times

थानकोट ।

ईङवा हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको शेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता शेयरको लागि आवेदन दिएका थिए । ती मध्ये ४ हजार २८ को आवेदन रद्ध भएका छन् । जसअनुसार कम्पनीको आईपीओमा ११ लाख ९९ हजार ९६७ को मात्रै योग्य आवेदन परेका थिए ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।

त्यसअनुसार योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।

त्यसपश्चात बाँकी भएको ९ कित्ता शेयर त्यसमध्येबाट पनि पुन गोलप्रथाबाट थप एक/एक कित्ताका दरले वितरण भएको छ । त्यस अनुसार अधिकतम ११ कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *