नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजबाट

Thankot Times

थानकोट । 

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ ।

बैठक एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्नेछ । बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ ।

केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ ।

केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते)सम्म चल्ने एमालेले जनाएको छ । 

सुरूमा बैठक झापाकाे दमकमा बस्ने तय भएकाे थियाे । तर, संसद् बैठकमा सहभागी हुन कठिन हुनेलगायत कारण देखाउँदै बैठक केन्द्रीय कार्यालय च्यासलमै बस्ने एमालेले  निर्णय गरेकाे थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ