नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै
थानकोट ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक आज बस्दैछ ।
हिजो बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको थियो ।
बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्वपदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए । बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।













