वडा क्षेत्रमा माकुराको जालो जसरी तार टाँगिएपछि चन्द्रागिरि-८ ले निकाल्यो १५ दिने सूचना
थानकोट ।
वडा क्षेत्रमा अव्यवस्थित रूपमा तार टाँगिदा दुर्घटनाको जोखिम बढेपछि चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थस्थित वडा कार्यालयले १५ दिने सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकहरूलाई तार व्यवस्थित गर्न अनुरोध गरेको छ ।
बुधबार एक सूचना जारी गरी वडा अध्यक्ष प्रल्हाद रिजालले विद्युत, दुरसञ्चार, इन्टरनेट तथा केबल सेवा प्रदायक संघसंस्थाहरूले अव्यवस्थित रूपमा टाँगिएका तार १५ दिनभित्र व्यवस्थापन गरी सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणका लागि वडा कार्यालयसँग सहकार्यका लागि अनुरोध गर्नुभएको छ ।
चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा विद्युत, दुरसञ्चार, इन्टरनेट तथा केबल सेवा प्रदायक संघसंस्थाहरूले अव्यवस्थित रूपमा तार राख्दा साैदर्यीकरणमा ह्रासका साथै दुर्घटनाको जोखिम बढेको छ ।
अस्तव्यत रूपमा टाँगिएका तारमा बुधबार विद्युत सर्ट हुँदा सतुंगल चोकमा रहेको एक खम्बामा आगलागी भएको थियो । जहाँ मानवीय क्षति भने नभएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ।












