नेकपा एमालेको बैठकमा प्रदेश खारेजीको प्रस्ताव प्रवेश !

Thankot Times

थानकोट ।

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा संघीयता अन्तर्गतको प्रदेश संरचना खारेजीको प्रस्तावले औपचारिक रूपमै प्रवेश पाएको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरु महेश बस्नेत, गोकुल बास्कोटा, देवी ज्ञवाली लगायतले संघीयताबारे पार्टीले पुनर्विचार गर्नुपर्ने र यसबारे बहस चलाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

मिसन ग्रासरुट अभियान अन्तर्गत सातै प्रदेशबाट पेस भएका प्रतिवेदनमा भएको समूहगत छलफलमा बागमती प्रदेश समूहबाट प्रतिनिधित्व गरेका बस्नेत, बास्कोटा र ज्ञवालीले संघीयताको पुनर्विचार गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको व्यवस्था गर्नुपर्ने सुझाव राखेका हुन् ।

‘संघीयताको पुनरावलोकन गरौं, शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऊ र राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरौं’, बस्नेतले आफ्नो सुझावमा भनेका छन्, रातोपाटीमा खबर छ । त्यस्तै अर्का नेता बास्कोटाले पनि संघीयता आर्थिक बोझ र जनताले समेत नरुचाएको भन्दै प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने सुझाव दिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ