प्रधानमन्त्रीलाई भेटेर राप्रपा अध्यक्ष लिङ्देनले भने- २०४६ पछिका सबै भ्रष्टाचार छानबिन गरौँ

Thankot Times

थानकोट । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र पुनःस्थापनायताका सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ ।

शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसाग भेट गरी २०४६ यताका सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेका छन् । 

शुक्रबार राप्रपाले देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन स्वयम राप्रपा अध्यक्ष लिङ्देन सिंहदरबार पुगेका थिए । 

सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै उनले कुनै पनि भ्रष्टाचारी उम्कन नहुने बताए ।

उनले सबै ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न प्रधानमन्त्रीले आग्रह गरे । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, सरकारका सचिवलगायत हाइप्रोफइल व्यक्ति पक्राउ परिरहेका बेला राप्रपाले अरु फाइल पनि खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ