नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै
थानकोट ।
नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले हिजो दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिएका थिए ।
उनका अनुसार समय अभावको कारणले बैठक आज बिहान ८ बजेका लागि सारिएको हो । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत
भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।













