लडाकु शिविर घोटाला छानबिन गर्न एमाले केन्द्रीय कमिटी बैठकको माग

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माओवादी लडाकु शिविरमा घोटाला भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचार र अनियमिता संक्रामक रोग भएको भन्दै माओवादी शिविरमा भएको घोटाला छानबिन गर्न माग गरेको हो ।

‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रुपमा रहँदै आएको छ । यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ’ केन्द्रीय कमिटीले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यो बैठक लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ ।

यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ