भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने मागसहित कांग्रेसका सांसद गौतम आमरण अनशनमा
थानकोट ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै आमरण अनशनमा बसेका छन्।
बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्य गौतमले शनिबार जब्दीघाटको भत्किएको पुलमुनि आमरण अनशन शुरु गरेका हुन्।
उनले जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने पहिलो माग राखेका छन्।
उनले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने माग पनि राखेका छन्।
सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उद्घाटन नहुँदै २०७४ साउनमाभत्किएको थियो। यो पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो।













