माध्यमिक तहको अध्यापन अनुमति परीक्षाका लागि आवेदन खुला
थानकोट ।
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुलाएको छ।
शुक्रबार बसेको आयोगको बैठकअनुसार आइतबारबाट आवेदन खुलाइएको हो।
योग्यता पुगेका आवेदकहरूले आयोगको आधिकारिक वेभसाइट मार्फत सो परीक्षाका लागि आवेदन दिन सक्ने जनाइएको छ। आवेदन फाराम भर्दा पेश गरिएको विवरण पछि सच्याउन नसकिने भएकोले सो बारेमा आयोगले सचेत समेत गराएको छ ।














