मोदी ईनर्जीको आइपीओ बाँडियो

Thankot Times

थानकोट ।

मोदी ईनर्जी लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आइतबार आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म बैशाख २४ गतेसम्म १२ लाख ८६ हजार ६२३ जना आवेदकले १ करोड ४३ लाख १२ हजार ९८० कित्ताका लागि आवेदन परेको थियो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।

जसमा   ५ लाख ६१ हजार २२६ आवेदकले १०/१० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *