नक्कली शरणार्थी प्रकरणः नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

Thankot Times

थानकोट ।

नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका नेकपा एमालेका सचिवसमेत रहेका सांसद् टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, उनी  फरार थिए ।

सुरुमा प्रहरीलाई फोन गरेर आफू सम्पकर्मा आउने बताएका उनी सम्पर्कविहीन भएका थिए ।

उनलाई एमालेले कारबाही गरिसकेको छ । 

गत बुधबार एमालेले कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *