जेठ ४ गते बिहीबार संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
थानकोट ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद– ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम सम्बन्धी व्यवस्था छ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हुने प्रश्नोत्तर कार्यक्रम गर्ने तय गरेको बताइएको छ ।













