बागमती प्रदेशसभाको अधिवेशन जेठ ९ गतेका लागि आव्हान
थानकोट ।
बागमती प्रदेश सभाको बजेट अधिबेशन जेठ ९ गते दिउँसो १ बजे आव्हान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयक मस्यौदा तयारीको सिद्धान्त स्वीकृति दिने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री र सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले दोलखाको जिरी नगरपालिका ५ मा प्रदेश गौरबको आयोजनाको रुपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तीको लागि प्रारम्भिक प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।













