अवैध लागूऔषध गाँजा ओसार्न नयाँ रूट, देउरालीबाट समातिए २ जना युवा

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका ५ टुक्टिन बस्ने ३४ वर्षीय बिराज लामा र सोही ठाउँ बस्ने २८ वर्षीय शान्ताराज तामाङ रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र.३.०२.००९ प ४६८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *