तरकारी, बिस्कुट, चाउचाउ लगायत ११ प्रकारका वस्तुको भन्सार शुल्क बढाउने तयारी
थानकोट ।
सरकारले तरकारी, बिस्कुट, चाउचाउ, सौन्दर्य सामग्री र खेलौनासहितका वस्तुको आयात घटाउने गरी व्यापार घाटा न्यूनीकरण कार्ययोजना तयार पारेको छ ।
नेपाल आफैं उत्पादनमा सक्षम रहेका र कतिपय अवस्थामा नभई नहुने वस्तुको आयात ६ महिना भित्रै निरुत्साहित गर्ने गरी सरकारले राष्ट्रिय कार्ययोजना तयार पारेको हो ।
केही समय अघि मन्त्रिपरिषद्बाट स्वीकृत उक्त कार्ययोजनाअनुसार बजेटबाटै सकेसम्म धेरै विषय सम्बोधनको प्रयास हुने कार्ययोजना तयार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।














