गुर्जुधाराबाट यात्रीले पायो पहिलो नम्बर प्लेट, ‘बागमती प्रदेश ०२-०४३ प ८६५०’

Thankot Times

थानकोट । 

नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो । 
हिजो सोमबार (जेठ १ गते) यात्री डिजाइन स्टुडियो प्रा.लि.को नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२-०४३ प ८६५० जारी भएको छ । बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराबाट यात्रीका लागि पहिलो नम्बर प्लेट जारी भएको हो । 

पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी भएकोमा अब क्रमशः विक्री भएका मोटरसाइकलहरुको समेत दर्ता हुने र नम्बर प्लेट दिने कम्पनीका इन्जिनियर ठाकुर पौडेलले जानकारी दिए । 

यसअघि नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नु परिरहेको थियो ।

सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको कम्पनीले पहिलोपटक आधिकारिकता पाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *