भ्रष्टाचारको छानबिनमा कुनै पनि दल बाधक बन्न हुँदैन- मुख्यमन्त्री जम्मकट्टेल
थानकोट ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् ।
रामेछापको मन्थलीमा रहेको मन्थली माविको नवनिर्मित तीनवटा भवनको उद्घाटन गर्ने क्रममा उनले छानबिनका लागि कुनै पनि दल बाधक बन्न नहुने बताए ।
मुख्यमन्त्री जम्मकट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानूनी दायरामा आउने बताए ।
उनले वर्तमान शिक्षा प्रणालीको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यावहारिक शिक्षा बनाउनुपर्ने बताए ।













