कांग्रेस रूपान्तरण अभियान पक्षले घोषणा गर्‍यो प्रदेश भेला, बागमतीमा जेठ १६ गते बृहत् भेला

Thankot Times

थानकोट । 

नेपाली कांग्रेसको रूपान्तरण अभियान पक्षले सातै प्रदेश भेलाको मिति तोकेको छ।

मंगलबार काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गर्दै नेताहरूले सातै प्रदेश भेलाको मिति र स्थान सार्वजनिक गरेका हुन्।

मधेश प्रदेशमा जेठ ११ गते भेला हुनेछ। भेला जनकपुरमा हुने भएको हो।

बागमती प्रदेशको काठमाडौंमा जेठ १६ गते, गण्डकीको पोखरामा जेठ २० गते, लुम्बिनीको दाङमा जेठ २२ गते भेला हुने भएको छ।

यस्तै कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदूरपश्चिमको धनगढीमा जेठ २६ गते र कोशीको इटहरीमा जेठ २९ गते बृहत भेला तथा अन्तर्क्रिया कार्यक्रम राखिएको हो।

डायस्पोरा भेला भने जेठ ३१ गते काठमाडौंमा हुनेछ। भेला र अन्तर्क्रियाबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम तय गरिने नेताहरूले बताएका छन्।

कांग्रेसमा समयअनुकूल नीति/नीतिअनुरूप रणनीति तय गर्न, संरचनागत सुधार गर्न, भ्रातृ संस्थाहरूलाई पुनर्जीवन दिन, क्षमताको परीक्षण र अवसको समानताका लागि दवाव दिन भेला गर्ने निर्णय गरिएको उनीहरूले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय सदस्य मधु आचार्य, नेता गुरूराज घिमिरे, सुवास पोखरेल, रञ्जित कर्ण पत्रकार सम्मेलन गरी अभियान घोषणा गरेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *