इन्डो-नेपाल अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपः १५ स्वर्णसहित मच्छेगाउँको नरहरिपुर डाेजाे दोश्रो
थानकोट ।
काठमाडाैंमा बैशाख ३१ गतेबाट हिजो जेठ २ गतेसम्म आयोजना भएको इन्डो-नेपाल अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित नरहरिपुर कराँते डाेजाेले समग्रमा दोश्रो स्थान हासिल गरेको छ ।
डोजोका प्रशिक्षक रवीन्द्र मानन्धरका अनुसार सो डोजोका खेलाडीहरूले १५ स्वर्ण ५ रजत र ५ कास्य पदक प्राप्त गरे । प्रशिक्षक मानन्धरका अनुसार महिला तर्फ श्रृजा मानन्धर, मनिता स्याङतान, खुसी अधिकारी, नीकिता स्याङतान, सृजना महतरा, शीतल जर्गामगर र कलाहाङ लिम्बुले स्वर्ण जितेका छन् भने १२ वर्ष उमेर समुहमा प्रथम मानन्धर र सोहिता लामाले पनि स्वर्ण जितेका छन् ।
यस्तै १८ वर्ष उमेर समुहमा सृजन महतरा र सन्देश लामाले स्वर्ण जितेका छन् । पुरूषतर्फ समरन पुनः, सुगन्ध पुन, विवश थिङ, सचिन थापामगर, सन्देश लामाले पनि स्वर्ण पदक चुम्न सफल भएका छन् ।














