साफ च्याम्पियनसिप-२०२३ः नेपाल र भारत एकै समूहमा
थानकोट ।
पुरूष साफ च्याम्प्यिनसिप २०२३ मा नेपाल र भारत एकै समूहमा परेका छन्।
बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन्।
समूह ‘बी’ मा लेबनन्, माल्दिभ्स, भुटान र बंगलादेश छन्। भारतको बेंगलुरुमा च्याम्पियनसिप फिफाको प्रतिबन्धको कारण श्रीलंकाको सहभागी हुनेछैन।
साफमा कुवेत र लेबनानले आमन्त्रित टीमको रूपमा खेल्ने भएका हुन्। प्रतियोगिता आगामी असार ६ देखि १८ गतेसम्म भारतमा आयोजना हुनेछ।













