दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्छ- प्रधानमन्त्री प्रचण्ड
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
बैठकमा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनका विषयमा प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्ने बताए ।
“गौर हत्याकाण्ड मात्र होइन, देशको ठूलो र डरलाग्दो दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले ०४८ सालयताका भ्रष्टाचार छानबिन गर्ने भनेको छु । कसैलाई पनि उन्मुक्ति हुँदैन ।”













