शुक्रबार दिनभर यी स्थानमा विद्युत सेवा अवरूद्ध हुने
थानकोट ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जेठ ५ गते शुक्रबार विभिन्न स्थानमा विद्युत सेवा अवरूद्ध हुने जनाएको छ ।
सो वितरण केन्द्रको जरे सबस्टेशन अन्तर्गतका विभिन्न स्थानमा ११ के.भी. प्रशारण लाइन नजिकका रूखका हाँगाबिँगा काट्ने प्रयोजनका लागि विद्युत फिडर सटडाउन हुन लागेको हो ।
प्राधिकरणका अनुसार जरे सबस्टेशन अन्तर्गत आदमघाट फिडरबाट सप्लाइ हुने क्षेत्रहरू जरेखेत, आदमघाट, बेल्खु, २८ किलो, महेशदोभान, बैरेनी, गल्छी, २२ किलो, भट्टटार, मछेडीखोला लगायतका स्थानमा शुक्रबार बिहान ८ बजेबाट विद्युत सेवा अवरूद्ध हुनेछ ।
सो क्रम साँझ ५ बजेसम्म जारी रहनसक्ने पनि प्राधिकरण को धादिङ वितरण केन्द्रले जनाएको छ ।













