आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने

Thankot Times

थानकोट ।

सरकारले आज आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए ।

प्रतिनिधि सभाको हिजोको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८-७९ पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८-७९’ पेस गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक पनि आजै साँझ ६ बजे बस्ने कार्यसूची छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *