नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा ‘तामझाम’ नगर्न राष्ट्रपति पाैडेलको निर्देशन

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेल  आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदैछन् ।

संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपतिले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

निर्वाचित भएपछि गोरखा पुगेर ‘अब सवारी नभएर आवागमन भन्न’ निर्देशन दिएका राष्ट्रपति पौडेलले नागरिकलाई असुविधा हुनेगरी कारगेड प्रयोग नगर्न निर्देशन दिएका थिए ।

उनले विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने भएकाले सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *