तोलामा ५ सय रूपैयाँले घट्यो सुनको मूल्य

Thankot Times

थानकोट ।

कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार यो सुन तोलाको एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख नौ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ७०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *