अब बैंक खाता खोल्न, सवारी चालक अनुमति पत्र लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
थानकोट ।
सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो ।












