नीति तथा कार्यक्रममाथि एमालेले विरोध जनाउने, अध्यक्ष ओलीले आज सदनमा सम्बोधन गर्दै

Thankot Times

थानकोट । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने भएका छन् । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने बताएका छन् ।

ओलीले आफ्ना सांसद्हरुलाई पनि सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *