बागमती प्रदेशमा एकीकृत समाजवादीबाट मन्त्री बन्नेको नाम टुंगो लाग्यो, दिउँसो ३ बजे सपथ
थानकोट ।
ती प्रदेश सरकारले आज पूर्णता पाउँदै छ ।
भागबन्डाको विषयमा सहमति जुट्न नसक्दा विगत ४ महिनादेखि सरकारले पूर्णता पाउन सकेको थिएन ।
आज आइतबार बिहान बसेको सत्ता गठबन्धनका दलहरू बिचको छलफलले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो ।
उक्त छलफलले प्रदेशको ११ मन्त्रालयलाई विभाजन गरी १२ कायम गर्ने र १२ मन्त्री नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
जसमा कांग्रेसले हाल सम्हाल्दै आएको २ मन्त्रालयसहित ६ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्री सहित ४ र एकीकृत समाजवादीले २ मन्त्री पाउने भएको छ । उनहरूले आजै ३ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ ग्रहण गर्नेछन् ।
एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल र डा. राजेन्द्रमान श्रेष्ठ मन्त्री बन्दैछन् । श्रेष्ठ र लम्सालले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने विषयमा छलफल भइरहेको एकीकृत समाजवादीका सांसद एवम् गठबन्धनको छलफलमा सहभागी सदस्य कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।













