बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ नयाँ मन्त्री थपिए, मन्त्रालय १०, मन्त्री ११
थानकोट ।
बागमती प्रदेश सरकारमा ६ नयाँमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट चार र नेकपा (एकीकृत समाजवादी) बाट दुईजना मन्त्री नियुक्त गरिएको हो ।
कांग्रेसबाट उत्तम जोशी स्वास्थ्य, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्का वन तथा वातावरण, रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।
त्यस्तै, एकीकृत समाजवादीबाट डा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकास र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् ।
यसअघि गत पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
तत्कालीन समयमा सरकारमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीमा मन्त्रीहरु पनि सहभागी थिए। तर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।














