१५औं गणतन्त्र दिवस भव्य रूपमा मनाउने तयारी

Thankot Times

थानकोट ।

सरकारले १५औँ गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने तयारी गरेको छ ।

विसं २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

गणतन्त्र स्थापना भएको गणतन्त्रका पन्ध्र वर्षको समीक्षासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति २०८० गठन गरिएको छ । जसमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राज्यमन्त्रीहरू, काठमाडौं महानगरका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा राजपत्रांकित विशिष्ठ श्रेणीका अधिकृतकहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सदस्य तथा गृह सचिव सदस्य सचिव रहेका छन्।

जेठ १४ गते नै विभिन्न आन्दोलन आन्दोलनका सहिद तथा बेपत्ताका परिवार र घाइतेहरूलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लास्तरका फरक क्षमता भएका विद्यार्थीहरूले अध्ययन गर्ने विद्यालयमा शैक्षिक तथा उपयुक्त हुने खेलकुद सामग्री वितरणलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।

जेठ १५ गते सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिने छ । जेठ १६ गते साँझ टुँडीखेलमा गणतान्त्रिक सांस्कृतिक साँझको आयोजना गर्ने तयारी पनि गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *