सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमै कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि स्थिर छ । हिजो प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ